फूलपाती । हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
फूलपाती भित्र्याउँदै । बडादसैंको सातौं दिन आज आइतबार कैलालीको अत्तरिया बजार परिक्रमा गरी फूलपाती भित्र्याउँदै नेपाली सेनाको जवान। तस्बिर: राजकुमार साउद/रासस
रूकुम पश्चिममा रहेको बजार क्षेत्र: । आठबीसकोट नगरपालिका–९ राडी रूकुम पश्चिममा रहेको बजार क्षेत्र। डोल्पा र जाजरकोटको मुख्य बजारका रूपमा यसलाई लिइन्छ। तस्बिर: हेमन्त केसी/रासस
घोडा दौड । कर्णाली स्पोर्टस क्लव जुम्लाले आइतबार आयोजना गरेको 'जुम्ली घोडा दौड प्रतियोगिता'मा प्रतिस्पर्धा गर्दै सहभागीहरू। यहाँ हरेक वर्ष दसैंमा फूलपातीको दिन घोडा दौड प्रतियोगिता आयोजना हुन्छ। तस्बिर : विजय रावत, रासस
फूलपाती बढाइँ । आइतबार टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा तोपबाट गरिएको बढाइँ प्रदर्शन गर्दै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी