आजका तस्बिर- असोज १३
आजका तस्बिर- असोज १३
मयुङको हाँसपोखरी ।  खोटाङ र भोजपुरको सीमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा रहेको हाँसपोखरी। हाँसपोखरीसँगै साना/ठूला गरी दर्जनौं पोखरी रहेका मयुङमा बिहानीपख आहराका लागि सयौंको संख्यामा पानीहाँस आउने गर्छन्। तस्वीर: केदार मगर/रासस
आजका तस्बिर- असोज १३
तालबाराही मन्दिरमा दर्शन गर्न जाँदै भक्तजन ।  पर्यटकीय नगरी पोखरास्थित फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न डुंगा चढेर जाँदै दर्शनार्थी। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
आजका तस्बिर- असोज १३
माछा मार्दै किशोरी ।  सुनसरीको इटहरीमा बिहीबार सडक किनारमा माछा मार्दै स्थानीय किशोरी। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- असोज १३
पुनर्निर्माण भएको मन्दिर ।  घोराही–१७ चौघेरामा रहेको गोरक्षरत्ननाथको पुनर्निर्माण गरिएको मन्दिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरात्विक विभागको सहयोगमा ६ करोडभन्दा बढी मूल्यमा निर्माण गरिएको हो। तस्वीर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- असोज १३
पाहुनाको स्वागत ।  परम्परागत पोसाकमा सजिएर पाहुनालाई स्वागत गर्दै थारु महिला। थारु सांस्कृतिक घरमा आउने पाहुनालाई उनीहरूले थारु पोसाकमा सजिएर स्वागत गरेर आफ्नो मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन्। तस्बिर: टेकराज पोखरेल, रासस
प्रतिक्रिया दिनुहोस्