आजका तस्बिर- असोज ११
आजका तस्बिर- असोज ११
मुकुण्डोमा रङ्ग लगाउँदै कालिगढ ।  भक्तपुर नगरपालिका–६ को याछेंमा भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा देवगणको मुकुण्डोमा रङ्ग लगाउँदै ७६ वर्षीय कालिगढ पूर्ण चित्रकार। उनले वि.सं २०२० देखि यो काम गर्दै आएका छन्। तस्बिर: लक्ष्मी गारु/रासस
आजका तस्बिर- असोज ११
बस कुर्दै यात्रु ।  दसैंमा घर जानको लागि नयाँ बसपार्कमा आफ्नो बस गुड्ने समय कुर्दै प्रतीक्षालयमा बसेका यात्रुहरू। तस्बिर: हरिराम भेटुवाल, रासस
आजका तस्बिर- असोज ११
बझाङको सदरमुकाम चैनपुर बजार ।  बाहुलीगाड र सेती नदीको बीचमा रहेको बझाङको सदरमुकाम चैनपुर बजार । तस्बिर: भूमिराज पिठातोली/रासस
आजका तस्बिर- असोज ११
पञ्चकोट ।  बागलुङ नगरपालिका-६ स्थित धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोट। पछिल्लो समय यहाँ दैनिक सयौंको संख्यामा पर्यटक आउने गर्दछन्। तस्बिर: डम्मरबुढा मगर, रासस
आजका तस्बिर- असोज ११
मादल बनाउँदै ।  पाल्पा रामपुर नगरपालिका-८ स्थित कटहरटार बस्ने ५९ वर्षीय रामबहादुर वादी र उनका छोरा बेगबहादुर वादीले घरको पिँढीमा बसेर मादल बनाउँदै। तस्बिर: सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्