आजका तस्बिर- भदौ २५
आजका तस्बिर- भदौ २५
शोक पुस्तिका ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
आजका तस्बिर- भदौ २५
रमणीय त्रिवेणी पाटन ।  कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको रमणीय त्रिवेणी पाटन। तस्बिर: पुष्पराज भट्टराई, रासस
आजका तस्बिर- भदौ २५
पर्यटक ।  कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको आकासमा उडिरहका हाँस प्रजातिका पर्यटक चरा। तस्बिर: विवेक मिश्र/रासस
आजका तस्बिर- भदौ २५
फुङफुङे झरना ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना। लिम्बु भाषामा फङफङदेन नाम रहेको यो झरना मध्य मेवा जलविद्युत आयोजना क्षेत्रमा रहेकाले अहिले पूर्वाधार सुविधा पुगेको छ। तस्बिरः विराट अनुपम/रासस
आजका तस्बिर- भदौ २५
मखमली फूल ।  संखुवासभा खाँदबारी नगरपालिका-७ मा फूलेको मखमली फूल। तिहारका लागि भनेर रोपिएका फूलहरू समय अघिनै फूल्न थालेका छन्। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्