महिला साफ भोलिदेखि । भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गोंगबुमा डोजर चल्दै । गोंगबुमा बनेका अनधिकृत संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाको डोजर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
किमलिङको जौ खेती । हिमाल पारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ किमलिङमा गरिएको जौ खेती। तस्बिर: ध्रुबसागर शर्मा/रासस
कुश्मा–कैया झोलुङ्गे पुल । पर्वत र बागलुङलाई जोडन बनाइएको कुश्मा–कैया झोलुङ्गे पुल। यस पुलको लम्बाइ ३४७ मिटर र उचाइ १४६ मिटर रहेको छ। तस्बिर: सुमनजंग थापा/रासस
भारतका स्थल सेनाअध्यI पाण्डेलाई सेनाको टुकडीले सलामी दिँदै । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार सेनाको टुकडीले सलामी दिँदै। तस्वीर: रत्न श्रेष्ठ/रासस