बाआमा विमोचन । 'ऐना' कथा संग्रहका लागि मदन पुरस्कार पाएका लेखक रामलाल जोशीको चौथो कृति 'बाआमा' विमोचन भएको छ। शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा जोशीको बाआमा कृतिको विमोचन गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ
नारायणगढ-मुग्लिन सडकको अठार किलोस्थित सडक । नारायणगढ-मुग्लिन सडकको अठार किलोस्थित सडक। वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ। सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो। तस्बिरः जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन।
भाग्दै गरेका नाउर । मनाङ ङिस्याङ गाउँपालिका-८ थोरङ्ला हाइक्याममा ( ४हजार ८ सय मिटर उचाईमा) चर्दै गरेका नाउर मानिसलाई देखेपछि तर्सिएर भाग्दै। यिनीहरू गर्मी याममा हिमालको माथिल्लो भागमा र जाडो यममा तल झर्ने गर्दछन्। तस्बिर: नवीन लामिछाने/रासस
पर्वतको सुन्दर दुई गाउँ । खेतको माझमा रहेको कटुवाचौपारी गाउँ र बाटो माथि रहेको पिपलटारी गाउँको सुन्दर दृश्य। तस्बिर: सुमन जंग थापा, रासस
ऐनापहरा झरना । तनहुँको आँबुखैरेनी–२ र ४ को सिमानामा रहेको ऐनापहरा झरना। पृथ्वीराजमार्गबाट नजिकै रहेको यो झरना पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस