आजका तस्बिर: भदौ १३
आजका तस्बिर: भदौ १३
खयर उपत्यका ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खयरखोलाको उपत्यका र पर्यटकको बसोबासका लागि बनाइएको अस्थायी आवास क्षेत्र। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर: भदौ १३
कोसीटप्पुमा सानो माटिकोरे ।  कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको सानो माटिकोरे (कमन किङ फिसर)। नेपालमा पाइने ८८९ प्रजातिका चरामध्ये ५३१ प्रजाति कोसीटप्पु क्षेत्रमा रेकर्ड गरिएको छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर: भदौ १३
इन्द्रजात्रा ।  यसिंका लागि चाहिने रूख लिन सोमबार बिहान ९ बजेर १७ मिनेटको साइतमा मानन्धर समुदाय ‘वन यात्रा’ का लागि भक्तपुरको नालातर्फ निस्किँदा टीका लगाइदिँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर: भदौ १३
हिमाल ।  पर्वतको जलजला गाउँपलिकास्थित फलामे डाँडाबाट देखिएको अन्नपूर्ण हिमालसँगै अन्य हिमशृङ्खला। तस्बिर: सुमनजंग थापा/रासस
आजका तस्बिर: भदौ १३
जोखिममा बास! ।  पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जाजरकोटस्थित स्याउली बजारमा जोखिममा रहेको घर। घर माथिबाट पहिरोको जोखिम बढेपछि घरधनी त्रसित छन्। तस्बिर: सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्