जल बिहार । सुनसरीको बाह्रबिघे (रास) तालमा जल बिहार गर्दै आन्तरिक पर्यटक। तस्बिर: नवीन गड्तौला/ रासस
गिद्ध । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको हिमाली गिद्ध। गिद्धको बासस्थानको रूपमा रहेको सिमलको रूख मासिँदै जाँदा गिद्धको प्रजाती संकटमा पर्न थालेको छ। तस्बिर: नवीन गड्तौला/रासस
नेपालकै ठूलो नक्सा । पर्वतको कुश्मा नगरपालिका–४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा। रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट छ। तस्बिर: सुमनजङ्ग थापा/रासस
सलल कालीगण्डकी । बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिने कालीगण्डकी नदी र निरयघाट बस्ती। तस्बिर: डम्मर बुढा मगर/रासस