धानखेत । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट। खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ। तस्बिर: भविन कार्की/रासस
अन्नपूर्ण दाेस्राे हिमाल । मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङबाट देखिएको अन्नपूर्ण दोस्रो हिमाल र पिसाङ खोलामा बनेको पक्की मोटरेवल पुल। तस्बिर: नवीन लामिछाने/रासस
कराँते किक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कराँते खेलाडी छनोट गर्न शनिबार तनहुँको दमौलीमा आयोजित खेलमा प्रतिस्पर्धी गर्दै खेलाडी। तनहुँबाट कराँतेका २९ खेलाडी छनोट गरिँदैछ। तस्बिर: कृष्ण न्यौपाने/रासस
हिमालको काखमा भेडापालन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खयरखोलामा चरनक्षेत्रमा रहेका भेडाका बथान र धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर: कमल खत्री/रासस
गुरुङ समुदायका एकनास घरहरू । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली गाउँ। यहाँका अधिकांश घरहरूमा मान्छे बस्दैनन्। उनीहरू अवसर र बाध्यताबीच गाउँ छाडिसकेका छन्। केही घरहरू भने होमस्टेमार्फत रित्तिसकेको गाउँमा रौनकता बढाउन लालायित देखिन्छन्। तस्बिर: सुमनजंग थापा/रासस