धरान पुगेर प्रचण्डले गरे हर्कसँगै वृक्षारोपण । धरान पुगेर वृक्षारोपण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। धरान उपमहानगरपालिकाको निम्तोमा गएका दाहाल शुक्रबार बिहान कलाकार जेवी टुहुरेको स्मृतिमा वृक्षारोपण कार्यक्रममा सहभागी भएका हुन्। साथमा धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्र बिक्रम बेघालगायत। तस्बिरः सेतोपाटी
गर्मीमा पौडीको मज्जा । सुनसरीको रामधुनीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै स्थानीय बालबालिका। गर्मी बढेसँगै तराईमा गर्मी छल्न पौडी खेल्नको संख्या पनि बढ्दो छ। तस्बिर: नवीन गड्तौला/सुनसरी
आहा ! धानबाली । वीरेन्द्रनगर –११ चौखेढुङ्गामा लगाइएको धानबाली। पछिल्लो समय जग्गा प्लटिङले खेतीयोग्य जमिन मासिँदै गर्दा सरकारले खेतीयोग्यमा प्लटिङ गर्न रोक लगाएको छ। तस्बिर: सुरेश आचार्य/रासस
अनधिकृत संरचना हटाइँदै । सवारी पार्किङका लागि बनाएर अन्य प्रयोजनमा प्रयोग गर्दै आएको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराउँदै काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
२१ फिटको शिव मूर्ति । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– २ तातोपानीमा ५० लाखको लागतमा निर्माण भएको २१ फिट लामो शिवको मूर्ति। तस्बिरः रुपक पुरी/रासस