भुस्कात गाउँ । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित भुस्कात गाउँ। तस्बिरः रामबहादुर थापा/रासस
भोजपुरे खुकुरी । भोजपुर सदरमुकाममा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी। यहाँ सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। दक्ष कालीगढको अभावले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको व्यवसायी बताउँछन्। तस्बिर: युवराज विष्ट/रासस
दमौली बजार । तनहुँको व्यास नगरपालिका–४ बाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार। तस्बिरः कृष्ण न्यौपाने
धानमा औषधि छर्किंदै किसान । सप्तरीको तिरहुत गाउँपालिका–१ स्थित त्रिकोलमा कीरा लागेको धानमा औषधि छर्किंदै किसान। तस्बिर: अरुणकुमार यादव/रासस
फोहोर नउठेपछि सडकमै जलाइँदै । झापाको विर्तामोड नगरपालिकाको बजार क्षेत्र भद्रपुर रोडको सडक पेटीमा फोहोर जलाइँदै। बजार क्षेत्रबाट उत्पादित फोहोर नउठेपछि स्थानीय व्यवसायीले सडकपेटीमै जलाउन थालेका छन्। तस्बिर: सन्तोष शर्मा/रासस