आजका तस्बिर- साउन ३०
आजका तस्बिर- साउन ३०
साउने सोमबार ।  साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
आजका तस्बिर- साउन ३०
भ्यूटावरबाट देखिएको बागलुङ बजार ।  बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको भ्यूटावरबाट सोमबार बिहान देखिएको बागलुङ बजार। तस्वीर: रामबहादुर थापा/रासस
आजका तस्बिर- साउन ३०
पशुपति क्षेत्रको वनकाली उद्यानअघि फुटेको ढल ।  पशुपति क्षेत्रको वनकालीमा ढल फुटेर सडक माथिबाट बगेको अवस्था। चार दिनदेखि फुटेको ढल नबनाउँदा साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका भक्तजन प्रभावित भएका छन्। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजका तस्बिर- साउन ३०
कोप्रे झरनामा युवक-युवती रमाउँदै ।  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने कोप्रे झरनामा रमाउँदै युवक–युवती। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- साउन ३०
झोलुङ्गे पुल ।  घोराही उपमहानगरपालिका–१० लमडरुवामा निर्मित झोलुङ्गे पुल। यो पुल बनेपछि जलकुन्डी, तल्लो लमडरुवालगायतका विद्यार्थी र स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्