बोलबम.. । आज साउनको चौथो सोमबार, बोलबम यात्राका लागि काठमाडौंको सुन्दरीजलमा जल लिन पुगेका भक्तजनहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
खेतमा बिउ पुर्याउँदै गर्दै बालकहरू । पर्साको जगरनाथपुरमा सोमबार धान रोपाइँका लागि अभिभावकलाई सहयोग गर्ने क्रममा खेतमा बिउ पुर्याउँदै गर्दै बालकहरू। पर्याप्त अकासे पानी समयमा नपरेको तथा गण्डक नहरमा समेत पानी नआएकाले यस वर्ष पर्सामा धान रोपाइँमा केही स्थानमा ढिलाइ भएको छ। तस्वीर:विजयकुमार महतो/रासस
कलशमा जल भरेर मन्दिरतर्फ लैजाँदै भक्तजन । सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा साउनको चौथो सोमबारका दिन आज ३० किलो तामाको धातुबाट बनाइएको बसाहा स्थापना गर्ने क्रममा कोसी नहरबाट कलशमा जल भरेर मन्दिरतर्फ लैजाँदै स्थानीयवासी। तस्बिर: अरुणकुमार यादव/रासस
र्यालीमा झाँकी प्रस्तुत । २८ औं विश्व आदिवासी दिवसका अवसरमा सोमबार राजधानीमा निकालिएको र्यालीमा झाँकी प्रस्तुत गरिँदै। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
सडक बगाएपछि स्ट्रेचरमार्फत् उद्धार । बाढीले मेलम्ची–११, सिमखेत नजिकै सडक बगाएपछि हेलम्बु– ६, इचोकका एक बिरामी शिक्षकलाई सोमबार स्ट्रेचरमार्फत् उद्धार गर्दै नेपाली सेना र सशस्त्र प्रहरी। तस्बिर: देवराज सुवेदी/रासस