आजका तस्बिर- साउन १४
आजका तस्बिर- साउन १४
खुर्सानी टिप्दै किसान ।  सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं.१ स्थित कोशी बगरमा खेती लगाएको खुर्सानी टिप्दै किसान राधे मण्डल। यहाँ उत्पादन गरिएको खुर्सानी नजिकैको भारदह बजारमा बिक्री गरिन्छ। तस्वीर: अरुण कुमार यादव/रासस
आजका तस्बिर- साउन १४
वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण ।  पर्साको वीरगञ्जमा निर्माण गरिएको करिब एक हजार जना क्षमताको 'होल्डिङ सेन्टर'। कोरोनाको संक्रमण दर बढ्दै गएपछि सीमा नाकाबाट नेपाल भित्रिनेहरूलाई 'क्वारेन्टिन'मा राख्न सरकारले वीरगञ्ज नाकामा एक हजार जना बस्न सक्ने क्षमताको 'होल्डिङ सेन्टर'को निर्माण कार्य गत वर्ष अघि बढाइएको थियो। तस्वीर: पुरुषोत्तम सुवेदी/रासस
आजका तस्बिर- साउन १४
योगाभ्यास गर्दै ।  नवीन आनन्द योग केन्द्रको आयोजनामा शनिबार बेनीमा सम्पन्न पतञ्जलीकृति दर्शनमा आधारित योग प्रशिक्षणमा सहभागी। चौध दिनसम्म सञ्चालन भएको योग शिविरमा १०० जनाभन्दा बढी सहभागी थिए। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन १४
पिङ खेल्दै बालबालिका ।  लमजुङ बेँसीसहर नगरपालिका वडा नं. ८ मा रहेको आर्दश महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिका शनिबार बिहान पिङमा रमाउँदै। यो केन्द्रमा नौ जना अनाथ बालबालिका आश्रित छन्। तस्वीरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- साउन १४
लाखे नाच ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लाखे नाच प्रदर्शन गर्दै स्थानीय नेवार समुदाय। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्