बालुवा निकाल्दै । काठमाडौंको अनामनगरस्थित धोबीखोलाको गहिराइ बढाउन खोलामा पसेको जेसिबी। ठूलो पानी पर्दा खोलामा आउने बाढी बस्तीमा पस्ने पीर भएपछि खोलाको बालुवा र माटो निकाल्न जेसिबी प्रयोग गरिएको हो। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
तटबन्धको नयाँ विकल्प । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा गरेको तटबन्धको नयाँ तरिका। जालीसहितको तटबन्धको प्रभावकारी नभएपछि आयोजनाले पहाडबाट ठूला ढुंगा ल्याएर नदी बाँध्ने काम गरेको छ। तस्बिरः झलनाथ खनाल/रासस
बिक्रीका लागि राखिएको गोलभेंडा । बुटवल उपमहानगरपालिका–७ स्थित दीपनगर बजारमा बिक्रीका लागि राखिएको गोलभेंडा। तस्बिरः सुमित्रा अधिकारी/रासस
आइपुगे अमेरिकी सहायक विदेश मन्त्री लु । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। बिहीबार दिउँसो उनी दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
राहुघाटको पहिरा । पहिरोको जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती। पाखोबाट खसेको पहिरोले राहुघाटको बस्ती जोखिमग्रस्तमा पर्नुका साथै बेनी–जोमसोम सडकमा यातायात सञ्चालन प्रभावित बनेको छ। तस्बिर: सन्तोष गौतम/रासस