पर्यटकीयस्थल गणेशपुर पार्कमा स्वीमिङ पुल । दाङको तुलसीपुर–७ स्थित गणेशपुर पार्कमा रहेको स्वीमिङ पुल। पर्यटकीय स्थल गणेशपुर पार्कमा स्वीमिङ पुल निर्माण भएपछि त्यहाँ स्वीमिङ गर्नेहरू बढेका छन्। तस्वीर: दीपक बोहरा, रासस
शुक्लाफाँटामा बाह्रसिंगा । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंगा। शुक्लाफाँटा विश्वमै सबभन्दा बढी बाह्रसिंगाको झुण्ड पाइने निकुञ्जका रूपमा पनि प्रख्यात छ। तस्वीर: शेरबहादुर सिंह, रासस
भकारी बुन्दै १०५ वर्षीय पवबहादुर पुर्जा । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै। पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आएका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
फेक्मालुङ पार्क । संखुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङ नजिकै निर्माण गरिएको फेक्मालुङ पार्कमा आन्तरिक पर्यटक। पछिल्लो समय यो पार्कमा पर्यटकको आकर्षण बढ्दै गएको छ। तस्विर: भविन कार्की/रासस