आजका तस्बिर-असार २८
आजका तस्बिर-असार २८
जसपा विभाजनतिर ।  गमलामा पानी हालेर जनता समाजवादी पार्टीमा आफू पक्षीय भेलाको उद्घाटन गर्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई। मोबाईलले तस्बिर लिँदै पत्नी हिसिला यमी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-असार २८
मतदाता अध्यावधिक ।  निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न भनेपछि आफ्नो नाम दर्ता गराउन झापाको निर्वाचन कार्यालयमा भेला भएका सेवाग्राही। तस्बिर: विनोद सापकोटा/सेतोपाटी
आजका तस्बिर-असार २८
सुरक्षामा कडाइ! ।  सानेपास्थित चक्रपथबाट कांग्रेस पार्टी कार्यालयमा जाने बाटोमा हिँडेकासँग सोधपुछ गर्दै प्रहरी। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा उपस्थित रहेकाले ठूलो संख्यामा नेपाल प्रहरी खटाइएका छन्। तस्बिर: प्रशन्न पोखरेल/सेतोपाटी।
आजका तस्बिर-असार २८
झलमल्ल वीरेन्द्र ऐश्वर्य पार्क ।  बागलुङ बजारमा बागलुङ नगरपालिकाले एक करोड रुपैयाँ लागतमा पुनर्निर्माण गरेको वीरेन्द्र ऐश्वर्य पार्क साँझको समयमा देखिएको झलमल्ल पार्क। तस्वीर: खेमराज गौतम/रासस
आजका तस्बिर-असार २८
नमोबुद्धको चैत्य ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं.११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धमा अग्लो डाँडामा रहेको छ्योर्तेन (चैत्य)। पछिल्लो समय यो क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। तस्वीर: पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्