आजका तस्बिर-असार २५
आजका तस्बिर-असार २५
बगरमा धानखेती ।  दमकमा रतुवा खोलाको बगरमा लगाइएको धानखेती। केही वर्षयता वर्षामा खोलामा बाढी आउन छाडेपछि किसानले बगरमा धान लगायतका बाली खेती गरिरहेका छन्। तस्वीर:यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिर-असार २५
फलफूलका बिरूवा वितरण ।  दाङको घोराही उपमहानगरपालिका, कृषि शाखाले शनिबार उपमहानगरपालिका भित्रका किसानलाई वितरण गर्न ल्याएको फलफूलका बिरूवा। तस्वीर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर-असार २५
माछा किनबेच ।  संखुवासभाको खाँदबारी नगरपालिका-१ स्थित टुँडीखेलमा बेच्न राखिएको असला माछाका पेरुङ्गा। प्रति पेरुङ्गा रु १ हजार देखि २ हजारसम्म किनबेच हुन्छ। तस्वीर: भविन कार्की/रासस
आजका तस्बिर-असार २५
अलपत्र अवस्थामा बैतडीको पाटन बसपार्क ।  पाटन नयाँ शहर आयोजना अन्तर्गत आर्थिक बर्ष २०७१/७२ मा निर्माण सुरू गरिएको पाटन बसपार्क निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन। तस्बिर: विनोद सिंह विष्ट,रासस
आजका तस्बिर-असार २५
विदेशको लाख कमाइ छाडेर बेतबास उद्योग सञ्चालन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा बेतबास लघु उद्योग सञ्चालन गरेका स्थानीय सागर क्षेत्री। तीन वर्ष वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका क्षेत्रीले मासिक रु डेढ लाखको रोजगारी छाडेर यहाँ उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन्। तस्बिर: शेरबहादुर सिंह/ रासस
प्रतिक्रिया दिनुहोस्