असारे झरी । ललितपुरको झम्सीखेलमा पानी परिरहेको बेला स्कुलबाट बच्चा लिएर फर्कंदै एक अभिभावक। तस्वीर: नवीनवाबु गुरूङ/सेतोपाटी
सडक कालोपत्र गरिँदै । म्याग्दीको बेनी नगरपालिका–२, हाँडेभीरमा सडक कालोपत्र गरिँदै। तस्बिरः सन्तोष गौतम/रासस
ड्रागन फ्रुटको खेती । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा फुलेको ड्रागन फ्रुट। नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रूपमा खेती थालेका थिए। उनले करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। तस्बिर: युवराज बिष्ट/रासस
जोखिममा पुल । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका-५ स्थित चिलहरा सडकखण्डमा रहेको रामचन्द्रे खोला पुलसँगै जोडिएको सडक वर्षाका कारण भासिएपछि जोखिमपुर्ण बनेको छ। तस्वीर: यज्ञराज आङदेम्बे/रासस
आहा ! फूल । इलामको देउमाई नगरपालिका– ३ मा पर्ने नेपालटार मङ्गलबारे सडक खण्डमा रहेको एक घरको बारदलीमा सजावटका लागि रोपिएको फूल। यहाँका प्रायःसबै घरमा यसैगरी गमलामा बेगुनिया फूल रोप्ने गरिएको छ। तस्बिर: टीका खतिवडा/रासस