सञ्चालनमा आयो साझाका विद्युतीय बस । साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बिहीबार साझा यातायातले तीन विद्युतीय बस सञ्चालनमा ल्याएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
केन्द्रीय कमिटी बैठकमा । २ दिन स्थगित भएको माओवादी केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सडकमा आहाल! । गोकर्णेश्वर नगरपालिका वडा नं ९, आरुबारीमा सडकमा आहाल। मेलम्ची खानेपानी आयोजनाको पानीपोखरी निर्माण भएको स्थल अघिको यो सडक वर्षौँदेखि जीर्ण छ। सडक कालोपत्रका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ग्राभेल बिच्छ्याए पनि काम पूरा नहुँदा सवारी र यात्रुले सास्ती भोग्नु परेको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
मौसम खुलेपछि । मनाङ ङिस्याङ गाउँपालिका– ४ स्थित हुम्डे विमानस्थल आसपासका दृश्य। सडक सञ्जालले मनाङलाई जोडेपछि सञ्चालनमा आउन सकेको छैन। तस्बिर: नवीन लामिछाने/रासस
तेह्रथुममा निर्माण गरिएको हेलिप्याड । तेह्रथुमको फेदाप गाउँपालिका–१ मा निर्माण भएको हेलिप्याड। बिरामीलाई हेलिकप्टर प्रयोग गर्न सहजताको लागि स्थानीय निकायले निर्माण गरेको यो पूर्वाधार तयार गर्न नेपाली सेना तेह्रथुम सदरमुकाम म्याङ्लुङको टोलीले सहयोग गरेको थियो। तस्बिरः विराट अनुपम/रासस