अन्तत: अर्थमन्त्रीको राजीनामा । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। छानबिनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएको घोषणा गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
संसदमा अर्थमन्त्रीको सम्बोधन, एमालेले गर्यो बहिस्कार । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले सम्बोधन गर्ने भएपछि एमालेले बहिस्कार गरेको छ। तस्बिर: निशा भण्डारी
अर्थमन्त्री राजीनामा दे! । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट युथ कांग्रेसले प्रदर्शन गरेको छ। काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पुनर्निर्माण गरिएको वीरेन्द्र–ऐश्वर्य पार्क । बागलुङ नगरपालिकाले एक करोडको लागतमा पुनर्निर्माण गरेको बागलुङ बजारमा रहेर वीरेन्द्र–ऐश्वर्य पार्क। पार्क पछिल्लो समय व्यवस्थापनको अभावमा जीर्ण बनेको थियो। तस्बिरः खेमराज गौतम/रासस