आजका तस्बिर- असार ९
आजका तस्बिर- असार ९
बालबालिकालाई कोरोनाविरूद्धको खोप ।  आजदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरूद्धको पहिलो मात्रा खोप दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार ९
जलवीरेको लामो झरना ।  चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरे लामो झरनामा रमाउँदै पर्यटकहरू। तस्बिर: हीरालाल गुरूङ/रासस
आजका तस्बिर- असार ९
आइपुग्यो रेल ।  करिब ५ सय धार्मिक पर्यटक बोकेर बिहीबार अपरान्ह रामायण सर्किट रेल जनकपुर आइपुगेको छ। रामायण सर्किट अन्तर्गत भारतीय रेल्वेले सञ्चालन गरेको ‘भारत गौरव एसी पर्यटक ट्रेन’ नामक रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो। तस्बिर: रोहित महतो
आजका तस्बिर- असार ९
दही बनाउन दूध उमाल्दै महिला ।  भक्तपुर नगरपालिका–८, लिवालीमा दही बनाउन दूध उमाल्दै महिला। भक्तपुरमा उत्पादन गरिने जुजु धौको माग उच्च छ। तस्बिरः लक्ष्मी गारु/रासस
आजका तस्बिर- असार ९
धानखेती ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको खोपासी फाँटमा देखिएको हरियाली धानखेती। तस्बिर: पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्