आजका तस्बिर-असार ३
आजका तस्बिर-असार ३
दोलखाको चरिघ्याङ बजार ।  वर्षातपछि मौसम खुलेको समयमा देखिएको दोलखाको चरिघ्याङ बजार। तस्बिर: प्रभु जिरेल/रासस
आजका तस्बिर-असार ३
लसुन प्याज सफा गर्दै महिला ।  अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा स्थानीय उत्पादन लसुन, प्याज थन्क्याउन सफा गर्दै महिला। तस्बिरः जमुनावर्षा शर्मा/रासस
आजका तस्बिर-असार ३
रोपाइँ गर्दै किसान ।  म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै स्थानीय किसान। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर-असार ३
ढुम्वा ताल परिसरमा पैदलमार्ग ।  मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग। भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याबिन जाली भरेर पर्खाल बनाएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर-असार ३
राजरङ्गशाला गौचरणमा परिणत ।  सप्तरीको राजविराजस्थित राजरङ्गशालामा चर्दै गरेको गाईगोरु। यो राजरङ्गशालालाई हालसम्म नगरपालिका र सम्बन्धित निकायले व्यवस्थित गर्न नसकिएका कारण गौचरणका रूपमा परिणत भइरहेको छ। तस्बिर: अरुणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्