आजका तस्बिर- असार २
आजका तस्बिर- असार २
'अपरेसन ह्वाइट डस्ट' ।  काठमाडौंबाट लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब बराबरको हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। यो नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा बरामद भएको प्रहरीको जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २
नरभक्षी बाघ नियन्त्रणमा ।  चितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७ मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो। तस्बिर: राजेश घिमिरे
आजका तस्बिर- असार २
मुस्कान! ।  नेकपा एमालेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा मुस्कुराउँदै अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २
राजधानीमा भूमेको रौनक ।  राजधानीको खुलामञ्चमा भूमे/भूम्या पर्वमा सहभागीहरू। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भइरहेको पर्व भोलिसम्म हुनेछ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २
सेल्फी लिऊँ है! ।  नेकपा एमालेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा एमालेबाट निर्वाचित काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग फोटो खिचाउँदै जनप्रतिनिधि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्