आजका तस्बिरहरू-जेठ २८
आजका तस्बिरहरू-जेठ २८
अभ्यास ।  मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनिकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको तौडहमा गरेको मनसुन सुरक्षा पूर्व तयारी अभ्यास। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिरहरू-जेठ २८
उद्धार अभ्यास ।  श्री भैरव गण नेपाली सेना अभ्यास मनुसन–२ अन्तर्गत शनिबार जिल्ला प्रशासन कार्यालय मोरङको संयोजकत्वमा विराटनगर–८ स्थित सिंघिया नदीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी अस्पताल, राष्ट्रिय सेवा दल, विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा संयुक्त रूपमा बाढीमा उद्धार अभ्यास गर्दै। तस्बिरः मनोज दाहाल/रासस
आजका तस्बिरहरू-जेठ २८
पुतलीसडकमा फोहोर उठाउँदै ।  शनिबार पुतलीसडकमा रहेको फोहोर उठाउँदै कामदारहरू। सिसडोलबासीको अवरोधका कारण लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसकेकोमा आन्दोलनरत पक्षसँग सहमतिपछि शुक्रबारदेखि फोहोर उठ्न सुरू गरेको छ। तस्बिर: प्रदीपराज वन्त,रासस
आजका तस्बिरहरू-जेठ २८
छरुवा प्रविधिको प्रयोग गरी किसान खेतमा धान छर्दै ।  बेलौरी नगरपालिकाको कलकत्ताका किसान प्रताप राना छरुवा (डिएसआर) प्रविधिबाट खेतमा मेसिनको सहायताले धान छर्दै। तीन बिघा जग्गामा रानाले राधा चार, सिल्की २७७ जातका धान छरेका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिरहरू-जेठ २८
गजेरा बुन्ने प्रतियोगितामा भाग लिँदै महिलाहरू ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा औद्योगिक तथा पर्यटन मेलाको अवसरमा गजेरा बुन्ने प्रतियोगितामा भाग लिँदै महिलाहरू। विस्तारै गजरा बुन्ने सीप लोप हुँदै गएपछि गजेरा बुन्ने सीपको प्रोत्साहन गर्नका लागि गजेरा बुन्ने प्रतियोगिता गर्नु परेको आयोजकले जनाएको छ। तस्वीर: दिलकुमार लिम्बू, रासस
प्रतिक्रिया दिनुहोस्