आजका तस्बिर- जेठ २४
आजका तस्बिर- जेठ २४
जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन! ।  इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौंमा युवासंघको प्रदर्शन। तस्बिर: सेतोपाटी
आजका तस्बिर- जेठ २४
नगरपालिकाले पाँच वर्षदेखि बजेट विनियोजन गरेको सडकको हालत ।  गोकर्णेश्वर नगरपालिकाले विगत पाँच वर्षदेखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को कारखानाबाट बागमती हुँदै भद्रवास जाने यो सडकमा पानी परेपछि जमेको दह। वर्षातका समयमा यो सडकमा पैदल यात्रा गर्नेले जुत्ता खोलेर हिँड्नुपर्ने बाध्यता छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजका तस्बिर- जेठ २४
दुनाटपरी बनाइँदै ।  घर नजिकैको जंगलमा सालको पात टिपेर दुनाटपरी बनाउँदै घोराही–१७, डबरीका महिला। फुर्सतका समयमा सालको पातको दुनाटपरी बनाएर बिक्री गरी आम्दानी गर्ने गरिएको उनीहरू बताउँछन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- जेठ २४
फुङ्फुङे झर्ना ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ सावा गाउँस्थित फुङ्फुङे झर्ना। अहिले यो झर्नाको दृश्यावलोकन गर्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ। तस्वीरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- जेठ २४
लिची ।  पाल्पाको चापाकोट–९, निर्दिममा बोटमा पाक्दै गरेको लिची। तस्बिर: सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्