सडकमा कालोपत्रेको तयारी गरिँदै । बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
बोयर जातको बाख्रापालन । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन। डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा छन्। तस्बिर: सन्तोष गौतम/रासस
दहचोकबाट देखिएको काठमाडौं उपत्यका । चन्द्रागिरि नगरपालिका वडा नं १, दहचोकबाट देखिएको काठमाडौं उपत्यका। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
धानको बिउ काढ्दै किसान । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा धानको बीउ काढ्दै किसान। म्याग्दीको उच्च पहाडी क्षेत्रमा धान रोपाइँ सुरू भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
हल गोरु । घोराही-३ का किसान जोत्नलाई गोरु लगेर खेतमा जाँदै। अहिले पनि दाङमा खेतबारी गोरुले जोत्ने चलन छ। तस्वीरः रञ्जिता अधिकारी, रासस
रोपाइँको चटारो । यस वर्ष अघिल्लो वर्षमा भन्दा केही समयअघि नै वर्षाको मौसम सुरू भएको छ। वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। तस्बिर: नवीनबाबु गुरूङ