भेटियो हराइरहेको जहाज । सोमबार बिहान मुस्ताङको थासाङ २, शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको टुइनअटर जहाज। जहाज खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए। तस्बिरः नेपाली सेना
शपथ ग्रहणमा सहभागी हुँदै । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सपथ ग्रहण कार्यक्रममा सहभागी हुँदै। तस्बिर: नवीनबाबु गुरूङ
फूलमालाको व्यापार । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथको मन्दिर परिसरमा फूलमाला बेच्न बसेका व्यापारी। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
शव कु्र्दै सेना । त्रिभुवन विमानस्थलमा दुर्घटनास्थलबाट ल्याइएका शव कुर्दै सेना। मुस्ताङ थासाङ गाउँपालिका-२ स्थित सानुसरे भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटना भएको थियो। सेनाको हेलिकप्टरले पोखराबाट १० वटा शव ल्याउँदै छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
दुर्घटनास्थलबाट ल्याइयो शव । आइतबार बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् विमानस्थलमा शव ल्याइएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी