पेटानी बुन्दै । पूर्वी तराईका आदिबासी धिमाल जातिले भेषभूषाका रूपमा प्रयोग गर्ने पेटानी (कपडा) घरेलु तानमा बुन्दै दमक-१० की एक महिला। तस्बिर: यज्ञराज आङदेम्बे/ रासस
चेपाङ महिला तथा बालबालिका । स्थानीय तहको निर्वाचनका क्रममा गाउँमा आइपुगेका उम्मेदवारहरूको कुरा सुन्दै दक्षिणी धादिङको ब्रुसबाङकी एक चेपाङ महिला। तस्बिर: सीताराम अधिकारी/ रासस
निर्वाचन सामग्री लैजाँदै । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रहरूमा निर्वाचन सामग्री लैजाँदै। तस्वीर: नवीनबाबु गुरूङ