आजका तस्बिर- वैशाख २५
आजका तस्बिर- वैशाख २५
रेब पर्व विसर्जन ।  मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
आजका तस्बिर- वैशाख २५
अक्सिजन ग्याँस प्लान्ट ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन ग्याँस प्लान्ट। कोभिड–१९ को संक्रमण रोकथामा सघाउ पुर्याउनका लागि अक्सिजन ग्याँस प्लान्ट अस्पतालमा जडान गरिएको हो। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस
आजका तस्बिर- वैशाख २५
गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी ।  विश्व गधा दिवसका अवसरमा ‘एनिमल नेपाल’ले ललितपुरको गोदावरी नगरपालिका–८ मा स्थापना गरेको ‘डुकछाप डङ्की सेन्चुरी’मा उद्धार गरिएका गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी। तस्वीर: भीष्मराज ओझा/रासस
आजका तस्बिर- वैशाख २५
आचार संहिताविपरीत टाँगिएका तोरण ।  विभिन्न राजनीतिक दलहरूले आचार संहिताविपरीत डोटीको सिलङबाग रावत कट्टेस्थित सार्वजनिक सडकमा टाँगेका आफ्ना पार्टीका तोरण र ब्यानर। तस्वीर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- वैशाख २५
सडकमा काम गर्दै ।  रामपुर नगरपालिका– ५ स्थित सुन्दरटोल सडकखण्डमा कालेपत्रे गर्न लागि काम गर्दै मजदुर। तस्वीर: सुशीला रेग्मी/रासस
आजका तस्बिर- वैशाख २५
किसानी मुस्कान ।  आइतबार ललितपुरको धापाखेलमा झरीको बीच बारीमा किसानी काम गर्दै गरेका एक किसान दम्पती। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्