आजका तस्बिर-वैशाख २१
आजका तस्बिर-वैशाख २१
आकाशबाट यस्तो देखियो रातो मच्छिन्द्रनाथको रथयात्रा ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बुधबार पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइत अनुसार आज अपरान्ह रथ तानिएको हो। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर-वैशाख २१
मनमोहक गुलमोहर ।  सुर्खेत वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर। आकर्षक गुलमोहरको रूखमुनि बसेर सेल्फी लिने र टिकटक बनाउनेहरूको भीड लाग्ने गरेको छ। तस्बिर: प्रकाश अधिकारी/रासस
आजका तस्बिर-वैशाख २१
निर्माणाधीन कोशी करिडोर प्रसारण लाइन ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका—१, तेलाबुङमा निर्माणाधीन कोशी प्रसारण विद्युत लाइनको टावर। कोशी कोरिडोको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमता रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर-वैशाख २१
निर्माणाधीन पुलमा क्षति ।  मध्यपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पुर्‍याएको क्षति। यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो। ठेक्केदारको लापरबाही र ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ। तस्वीर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्