गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो।
हुम्लामा निर्वाचन सामग्री । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमानमार्फत् बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्रसहित ५८ प्रकारका निर्वाचन सामग्री। तस्वीर: दाने बोहरा, रासस
प्यारा तालमा डुंगा चलाउँदै पर्यटक । पुनर्वास नगरपालिकामा रहेको प्यारा तालमा डुंगा चलाउँदै गरेका आन्तरिक पर्यटक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ। नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस
नदी किनारमा चौतारा । व्यास नगरपालिका–५ बेनीपाटनस्थित मादीनदी किनारमा निर्माण गरिएको बरपिपलको चौतारा। मादी र सेती नदीको दोभानमा तनहुँ जलविद्युत आयोजनाले तटबन्धन निर्माण गर्दै गरेको दृश्य। बेनीपाटनमा संघीय सरकारको रु तीन करोड बढीको लागतमा पार्क निर्माण गरेकोमा नदीले कटान गर्न थालेपछि संरक्षण गर्न लागेको हो। तस्वीर: सानेबहादुर नेपाली, रासस
बजार क्षेत्रमा गस्ती गर्दै म्यादी प्रहरी । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस