बाजागाजासहित उम्मेदवारी । उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
तिलोत्तमामा निर्वाचन आचार संहिताविपरीत बालबालिकाको दुरूपयोग । सोमबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको उम्मेदवारी दर्ता गर्न गएका नेपाली कांग्रेसका उम्मेदवारहरूले पाँच/छ वर्षका बालिकाहरूलाई चुनावी र्यालीमा सहभागी गराएको पाइएको छ। तस्बिर: भगवती पाण्डे
ललितपुर मेयरमा कांग्रेसबाट चिरिबाबु । नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। तस्बिर: निशा भण्डारी
हाम्रो पनि उम्मेदवारी! । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। तस्बिर: नवीनबाबु गुरूङ
मनोनयन पत्र दर्ता गराउँदै नेतृ सिंह । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गराउँदै नेतृ सिर्जना सिंह। तस्वीर: प्रदीपराज वन्त, रासस