डब्लुएचओका महानिर्देशक नेपालमा । बिहिबार काठमाडौं आइपुगेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटकको पर्खाइमा तिलौराकोट । कपिलवस्तु नगरपालिकास्थित भगवान गौतम बुद्धले २९ वर्ष बिताएको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको तिलौराकोट। यो स्थानको ऐतिहासिक महत्व रहे पनि तुलनात्मक रूपमा पर्यटकको आवागमन खासै नबढेको स्थानीय बताउँछन्। तस्बिर: सनिउल्ला धोबी, रासस
टिप्ताला नाका । समुद्री तहदेखि पाँच हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, टिप्ताला नाकामा चीनले निर्माण गरेको संरचना। तस्बिर: दिलकुमार लिम्बू/रासस
व्यावसायिक बङ्गुर पालन । घोराही–१७, कर्जाहीका शालिकराम घर्तीमगरले व्यावसायिक रूपमा पालिएका बङ्गुर। पाल्न थालेको एक वर्षमै आम्दानी लिन थालेको उनी बताउँछन्।तस्वीर: रञ्जिता अधिकारी/रासस
पोखरामा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि पोखरा महानगरपालिकामा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिरः जमुना वर्षा शर्मा/रासस