सूर्योदय । मध्यपुर थिमिबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्वीर: रत्न श्रेष्ठ, रासस
विपद् व्यवस्थापनको पूर्वाभ्यास । नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्राशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा बैतडीको सुन्दरखाली खेल मैदानमा भूकम्प आउँदा र आगलागी भएको समयमा नागरिकले अपनाउनुपर्ने विपद् व्यवस्थापनको पूर्वाभ्यास सिकाइँदै। तस्बिरः विनोद सिंह विष्ट/रासस
हिमाल र कालोपत्रे सडक । हिमालपारिको जिल्ला मुस्ताङको लेते क्षेत्रबाट देखिएको हिमालको दृश्य र कालोपत्रे गरेपछि देखिएको सफा सडक। तस्वीर: ध्रुबसागर शर्मा/रासस
स्वीमिङ पुल । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा रोयल्स होम रिसोर्टले निर्माण गरिएको स्वीमिङ पुल। पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँमा सुविधा सम्पन्न स्वीमिङ पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
किसानलाई बाली भित्र्याउने चटारो । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मलम्पारमा खेतबारीमा पाकेका जौ काट्दै गरेका स्थानीय। यतिबेला ग्रामीण भेगका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो बढेको छ । तस्वीर: कमल खत्री/रासस
काममा फर्किए गभर्नर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन्। सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्। तस्बिर: नबीनबाबु गुरूङ