सोलेडाँडामा भेंडापालन: । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
चित्रा बुन्दै एक पुरूष । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातिको निकालोबाट चित्रा बुन्दै एक पुरूष। चित्रा गाईभैंसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ। तस्वीरः दिलकुमार लिम्बू/रासस
महिला श्रमिक- बाटो निर्माण । पोखरा–८ सृजनाचोकस्थित भित्रि बाटोमा 'इन्टरलक'को प्रयोग गर्दै बाटो निर्माण कार्यमा व्यस्त महिला श्रमिक। तस्वीर: जमुना वर्षा शर्मा, रासस
नेपाली कागज बनाउँदै । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै बतासेडाँडामा नेपाली हाते कागज बनाउँदै महिला। नेपाली हाते कागज स्वदेश तथा विदेशमा समेत खरिद बिक्री हुँदै आएको छ। तस्बिरःदिलकुमार लिम्बू/रासस
परम्परागत मौरीपालन । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दिशिरस्थित जयराम शर्माको घरमा परम्परागत मुडेघारमा पालिएका मौरी। तस्वीरः खेमराज गौतम/रासस