जात्रामय भक्तपुर । मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक। जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
योगभ्यास सिकाउँदै प्रशिक्षक । पतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा सञ्चालित योग शिविरमा योगाभ्यास सिकाउँदै प्रशिक्षक। योग विज्ञान शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। तस्वीर: कृष्ण न्यौपाने/रासस
तानबाट कपडा बुन्दै । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिला तानबाट कपडा बन्दैै। रुमका महिला सिप सिकेर आत्मनिर्भर बन्न अग्रसर भएका छन्। तस्वीर: सन्तोष गौतम/रासस
बाख्रा चराउन लगिँदै । बैतडीको दोगडाकेदारका किसान बाख्रा चराउन जङ्गल लैजाँदै। यहाँका किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिरः विनोद सिंह विष्ट/रासस