आजका तस्बिर- वैशाख १
आजका तस्बिर- वैशाख १
नयाँ वर्षको रौनक ।  आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- वैशाख १
सरस्वती पोखरीमा आन्तरिक पर्यटक ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सरस्वती बजारमा रहेको पोखरीमा बिहीबार नयाँ वर्षका दिन रमाइलो गर्दै आन्तरिक पर्यटक। तस्वीर: पेमा लामा, रासस
आजका तस्बिर- वैशाख १
हिलो खेल्दै ।  नयाँ वर्ष अर्थात् सिरुवा पर्वका अवसरमा बिहीबार झापाको कमल-६ स्थित जिम्दार महाराजथानमा हिलो खेलेर रमाइलो गर्दै स्थानीय युवा। तस्वीर: यज्ञराज आङदेम्बे, रासस
आजका तस्बिर- वैशाख १
पुनर्निर्माणको अन्तिम चरणमा नारायणहिटी संग्रहालयका भवन ।  विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार संग्रहालयको नारायण मन्दिरको भाग पुनर्निर्माण अन्तिम चरणमा। नारायण मन्दिरबाट संग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजका तस्बिर- वैशाख १
नयाँ वर्षमा खुलेको हिमाल ।  नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल। तस्वीर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्