बिस्का: जात्रा । भक्तपुरको बिस्का: जात्रामा लिंगो ठड्याउँदै। हरेक वर्ष वैशाख १ गते भक्तपुरमा बिस्का जात्रा मनाउने गरिन्छ। वैशाख १ को अघिल्लो दिन लिंगो ठड्याउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ
रमणीय नमोबुद्ध । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ मा अवस्थित रमणीय पर्यटकीय नमोबुद्ध गुम्बा। यहाँको ऐतिहासिक सम्पदा तथा पर्यटनकीयस्थल भएकाले विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिएको छ। तस्वीर: राजकुमार पराजुली, रासस
तटबन्धनका लागि काम गर्दै मजदुर । तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा तटबन्धनका लागि काम गर्दै मजदुर। पाटन पार्क मादीसेती नदीले कटान गर्न थालेपछि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तटबन्धन गरिएको हो। तस्वीर: कृष्ण न्यौपाने/ रासस
गहुँ भित्र्याउने चटारोमा किसान । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटमा गहुँ भित्र्याउने चटारोमा किसान। यतिबेला म्याग्दीका ग्रामीण क्षेत्रमा कामको चटारो सुरू भएको छ। तस्वीर: ध्रुवसागर शर्मा/रासस
उपवास तोड्न फलफूल किन्दै मुस्लिम धर्मावलम्बी । मुस्लिम धर्मावलम्बीहरूको रमजान (पवित्र एक महिना उपवास राख्ने समय) चलिरहेको अवस्थामा साँझपख प्रत्येक दिन खाना खाने परम्परा रहेकामा उपवास तोड्नका लागि महोत्तरीको मटिहानी बजारमा फलफूल किन्दै मुस्लिम धर्मालम्बी। तस्वीर: सञ्जीतकुमार मण्डल/ रासस