आजका तस्बिर- चैत २७
आजका तस्बिर- चैत २७
श्री घः स्तुपा - विदेशी पर्यटक: ।  काठमाडौं महानगरपालिका–२५ स्थित ऐतिहासिक बौद्धस्थल श्री घः स्तुपा अवलोकन गर्दै विदेशी पर्यटक। कोरोनाको कमीसँगै विदेशी पर्यटकहरूको चहलपहल बढेको छ। तस्वीर: रत्न श्रेष्ठ, रासस
आजका तस्बिर- चैत २७
बिस्केट जात्रा सुरू ।  भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आजदेखि सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २७
सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण ।  नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित नेपाली सेनाबाट सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण गर्ने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई हतियार हस्तान्तर गर्दै । तस्वीर: नवीन पौडेल, रासस
आजका तस्बिर- चैत २७
हलेसी गुफामा दर्शनार्थीको भीड ।  विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा रामनवमीको अवसर पारेर लगाइएको मेलामा पूजाआजा गर्न आएका दर्शनार्थी तथा भक्तजनको भीड। पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेलामा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायतका दर्शनार्थी तथा भक्तजनको समेत उपस्थिति रहेको छ। तस्वीर: केदार मगर, रासस
आजका तस्बिर- चैत २७
मेलामा स्थानीय उत्पादन ।  बागलुङमा जारी चैत्राष्टमी मेलामा बिक्रीका लागि राखिएका नाङ्लो र डालो। मेलामा स्थानीय उत्पादन बेच्न पाउँदा गाउँका व्यापारी खुसी भएका छन्। तस्वीर: रामबहादुर थापा, रासस
प्रतिक्रिया दिनुहोस्