मुक्तिनाथ । मुस्ताङको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन। पछिल्लो दुई साता यता मुक्तिनाथमा दर्शनार्थीको चाप बढेको छ । तस्बिरः नीरज थकाली
तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाइँकुण्ड। पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र स्नान गर्न सहज भएको छ। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
घोडेपानीमा प्राकृतिक छटा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, तल्लो घोडेपानीको मनमोहक दृश्य। तस्बिरः सन्तोष गौतम/रासस
एयरहोस्टेससम्बन्धी तालिम लिइरहेका युवती । पोखराबाट काठमाडौं जानका लागि विमानस्थलतर्फ जाँदै गरेका नेपाल एयरहोस्टेस एकेडेमीमा एयरहोस्टेससम्बन्धी तालिम लिइरहेका युवती। तस्वीर: प्रदीपराज वन्त/रासस
पुम्दीकोटमा निमार्णाधीन महादेव मूर्ति । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति। आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ। तस्वीर: प्रदीपराज वन्त/रासस