आजका तस्बिर-चैत १६
आजका तस्बिर-चैत १६
धुम्म आकाश ।  देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेको छ।हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमासमेत परेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-चैत १६
सुन्दरीजलमा तनाव ।  टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-चैत १६
म पनि म्यादी प्रहरी बन्ने! ।  म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको छ। कीर्तिपुरको ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा बुधबार म्यादी प्रहरीका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा लिइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-चैत १६
पाँचपोखरीमा नमूना विद्यालय निर्माण ।  निर्माण सम्पन्न पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयको भवन। पालिका भित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालयलाई गाभेर वडा नं ४, थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो। तस्बिरः देवराज सुवेदी/रासस
आजका तस्बिर-चैत १६
सुकाउन राखिएका माटाका घैंटा ।  शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले सुकाउन राखेको माटाका घैंटा। आजभोलि प्लाष्टिकका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्