आजका तस्बिरहरू- चैत ११
आजका तस्बिरहरू- चैत ११
माइतीघर ।  काठमाडौंको माइतीघर मण्डला क्षेत्र। यो क्षेत्र स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा परिचित छ। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिरहरू- चैत ११
काठमाडौं आइपुगे चीनका विदेशमन्त्री वाङ यी ।  उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुगेका हुन्। तस्बिर: परराष्ट्र मन्त्रालय
आजका तस्बिरहरू- चैत ११
रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर ।  रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर भएका छन्। नेपालका तर्फबाट सर्वाधिक एक दिवसीय रन बनाउने क्रममा रोहितले शुक्रबार पिएनजीविरूद्ध ३८ रन जोड्दै उनले ५०० रनको कोशेढुंगा पूरा गरेका हुन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिरहरू- चैत ११
खच्चडमार्फत अल्लो ढुवानी ।  दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै। यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ। सडक नपुगेका कारण उनीहरूले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन्। तस्बिर: नरेन्द्रसिह कार्की/रासस
आजका तस्बिरहरू- चैत ११
परम्परागत पहिरनमा लामा समुदायका महिला ।  परम्परागत भेषभूषामा सजिएका हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हेप्का गाउँका लामा समुदायका महिला । तस्बिरः दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्