ब्यापार । ललितपुरको सातदोबाटोमा परम्परागत थुन्से बेच्न हिँडेको एक व्यापारी। उनले काभ्रेमा हातले बुनेको यी थुन्से राजधानीका विभिन्न ठाउँमा बोकेर बेच्दै हिँड्ने गरेका छन्। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
ढकमक्क सिंहदरबार । सिंहदरबार परिसर भित्रको बगैचामा फूल गोडमेल गर्दै कर्मचारी। तस्बिरः नवीनबाबु गुरूङ
आहा प्रकृति! । मनोरम रारा ताल र पृष्ठभूमिमा देखिएको हिमाल। तस्बिर: निशा भण्डारी
कमरेड करिश्मा । अभिनेत्री करिश्मा मानन्धर मंगबालर नेकपा एमालेमा प्रवेश गरेपछि सम्बोधन गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रिय निकुञ्जमा प्वाख फिजाउन लागेको मयूर । पर्यटकीय नगरी चितवनस्थित चितवन राष्ट्रिय निकुञ्जमा प्वाख फिजाउन लागेको मयूर। तस्वीर:रत्न श्रेष्ठ/रासस