बिदाइ : । दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार थाइल्याण्ड प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली। नेपालले थाइल्याण्डमा त्यहाँको राष्ट्रिय टोली र उच्चस्तरीय क्लबसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। तस्बिर : एन्फा
सुकाइएका इँटा । म्याग्दे गाउँपालिका–२, जामुनेस्थित माछापुच्छ्रे इँटा उद्योगमा सुकाइएका इँटा। उक्त उद्योग जिल्लाकै ठूलो र गुणस्तरीय इँटा उत्पादन गर्ने उद्योगका रूपमा परिचित छ। तस्बिरः सानेबहादुर नेपाली/रासस
राप्ती नदीको तटबन्ध । देउखुरीमा रहेको राप्ती नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदै। राप्ती गाउँपालिकाको ६ र ७ मा रहेका पाँच सय बिघा जमिन बगरमा परिणत भएको थियो। तटबन्धबाट सो जमिन खेतीयोग्य हुने भएपछि स्थानीय खुसी भएका छन्। तस्वीर: रञ्जिता अधिकारी/रासस
सौराहमा विदेशी पर्यटकको चहलपहल । पर्यटकीय नगर चितवनको सौराहमा सोमबार बिहान घुम्न आएका विदेशी पर्यटक राप्ती नदी किनाराबाट नदी तथा जंगलको अवलोकन गर्दै। तस्वीर:रत्न श्रेष्ठ/ रासस
पर्यटक । पर्यटकीय नगर चितवनको सौराहमा घुम्न आएका विदेशी पर्यटक काठको डुंगा चढेर राप्ती नदी पार गर्दै। तस्वीर: रत्न श्रेष्ठ/रासस