आजका तस्बिर- चैत ४
आजका तस्बिर- चैत ४
बिक्रीका लागि राखिएको स्ट्रबेरी ।  काठमाडौंको न्युरोडमा सडक व्यापारीले बिक्री गर्न राखेकोे काफल र स्ट्रबेरी। तस्बिर:प्रदीपराज वन्त/रासस
आजका तस्बिर- चैत ४
मस्त्यगन्धाको मूर्ति ।  तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा रहेको मत्स्यगन्धाको मूर्ति। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- चैत ४
सुकाएर राखेको नेपाली हाते कागज ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–६ स्थित कोठेबारी क्षेत्रमा सुकाएर राखिएको नेपाली हाते कागज । तस्वीरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- चैत ४
पद्म गुरु रिम्वुर्कषेको मूर्ति ।  परम्परागत रूपमा मानिँदै अएको धर्म संस्कृतको संरक्षण गर्दै रसुवाको सदरमुकाम धुञ्चेमा पद्म गुरू रिम्वुर्कषेको मूर्ति निर्माण सम्पन्न। यो मूर्ति पासाङ्ल्हामु राजमार्गभन्दा करिब २७ फिट अग्लो स्थानमा निर्माण भएकाले धुञ्चे गाउँक्षेत्रको अवलोकनमा सहज हुनुको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । तस्वीर: ज्ञानेन्द्र न्यौपाने/रासस
आजका तस्बिर- चैत ४
व्यावसायिक मौरीपालन ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा एक स्थानीय कृषकले गरेको मौरीपालन। यहाँका कृषक प्रायाजसो व्यावसायिक मौरीपालनमा लागेका छन् । तस्वीर: युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्