ह्याप्पी होली! । कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ। काठमाडौंको बसन्तपुरमा होली कार्यक्रम आयोजना गरी होली मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
दुई पोखरीको पानीमा खेल्दै बालबालिका तथा युवा । फागुपूर्णिमाको दिन बिहीबार मध्यपुर थिमिको दुई पोखरीमा रहेको पानीमा खेल्दै बालबालिका तथा युवायुवती। तस्बिरः रत्न श्रेष्ठ/रासस
दुई पोखरीको पानीमा खेल्दै बालबालिका तथा युवा । फागुपूर्णिमाको दिन बिहीबार मध्यपुर थिमिको दुई पोखरीमा रहेको पानीमा खेल्दै बालबालिका तथा युवायुवती। तस्बिरः रत्न श्रेष्ठ/रासस
मकै रोप्दै किसान । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानका किसान खेतमा मकै छर्दै। पछिल्लो समयमा खेतबारी जोत्न ट्याक्टरको प्रयोग बढे पनि मकै लगाउन सहज हुने भएकाले गोरुको प्रयोग कायम छ। तस्वीर: रामहरि न्यौपाने/रासस
तारो खेल । तोरन ल्ह पर्वका अवसरमा थकाली सेवा समिति बेनी क्षेत्रले बिहीबार बेनीमा आयोजना गरेको तारो हान्ने खेलमा सहभागीहरू धनुषवाण प्रहार गर्दै। तस्बिरः सन्तोष गौतम÷रासस