घोडाचढी यात्रा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट घोडा चढेर लुलाङतर्फ जाँदै गरेका एक बालक। सडक यातायातको सुविधा नपुगेको गुर्जा गाउँमा आउजाउका लागि घोडचढी सेवा सञ्चालनमा रहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
लालीगुराँससँग रमाउँदै विद्यार्थी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयका विद्यार्थीहरू विद्यालय नजिकै रहेको जंगलमा फुलेको लालीगुराँससँग तस्वीर खिचाउँदै। तस्वीर: कमल खत्री, रासस