आजका तस्बिरहरू- चैत १
आजका तस्बिरहरू- चैत १
रातारात कंक्रिटको संरचना ।  युनेस्को विश्व सम्पदा क्षेत्रमा नियम विपरित काठमाडौं महानगरपालिकाले रातारात कंक्रिटको संरचना बनाएको विषयमा मंगलबार स्थलगत निरीक्षण र अनुगमनका लागि गएको पुरातत्व विभागका महानिर्देशक र महानगरपालिकाका उपमेयरसहितको टोली। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- चैत १
कुपिन्डे तालमा मनोरञ्जन लिँदै पर्यटक ।  पर्यटकीय तथा धार्मिकस्थलका रूपमा परिचित सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालमा डुंगामा सयर गरी मनोरञ्जन लिँदै आन्तरिक पर्यटक। एक हजार २०० मिटर लम्बाइ र ६९ मिटर गहिराइ रहेको सो तालमा पछिल्लो समय डुंगा चलाउन थालिएको छ । तस्बिरः नारायणी रजौरे/रासस
आजका तस्बिरहरू- चैत १
शिष्टाचार भेटवार्ता ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार शिष्टाचार भेटवार्ता गर्दै साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद । तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिरहरू- चैत १
राजकुमार साउदलाई बिदाइ गर्दै परराष्ट्र सचिव पौडेल ।  नेपालको दुई दिने भ्रमण सकेर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट स्वदेश फर्किनुअघि साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउदलाई बिदाई गर्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल । तस्वीर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिरहरू- चैत १
मस्जिद ।  कपिलवस्तुको शिवराज नगरपालिका– ५, खैरीमा रहेको मस्जिद। मुस्लिमहरूले मस्जिदमा नमाज पढ्ने गर्छन्। तस्वीर: सनिउल्ला धोबी/रासस
प्रतिक्रिया दिनुहोस्