तोरी फुल्यो बारीमा । तोरी खेतीमा फूल फुलेर पहेँलै देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ स्थित पिपलटार गाउँ। तस्वीर: पेमा लामा, रासस
झोलुंगे पुल । गुल्मीको रूरूक्षेत्र गाउँपालिका–२ ग्वादीको देउराली र कोलौदी जोड्ने झोलुंगे पुल। दुई गाउँ जोड्ने पुल निर्माण भएसँगै स्थानीयलाई आवात–जावतमा सहज भएको छ। तस्वीर: हुमाकान्त पोखरेल, रासस
फूलै फूलको मौसम । अहिले फूलहरूको मौसम सुरू भएको छ। फूलहरूको मौसम सुरू भएसँगै तस्बिर खिचाउँदै एक युवती। तस्बिर: नवीनबाबु गुरूङ
साउदी विदेश मन्त्री काठमाडौंमा । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं आइपुगेका छन्। शुक्रबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
हात्तीबाट गस्ती । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गरेर हात्तीसार फर्किदै गरेका पालुवा हात्ती। वन्यजन्तुको संरक्षणका लागि यहाँ हात्तीबाट नियमित गस्ती गरिँदै आएको छ। तस्बिर: शेरबहादुर सिंह/रासस